भरतपुर महानगरपालिकाको वडा कार्यालयमा बम विस्फोट, भवन क्षतिग्रस्त

चितवन, फागुन २९ । चितवनस्थित भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट गराइएको छ। बुधबार बिहान शक्तिशाली सिलिण्डर बम बिस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसींह राठौरले बताए।

बिस्फोटका कारण वडा कार्यालय भवन क्षतिग्रस्त भएको राठौरले जानकारी दिए। घटना आज बिहान साढे १२ बजेतिरको समयमा भएको हो उनले भने बम विस्फोटबाट कार्यालय भवन क्षतिग्रस्त भएको छ, तर रातको समयमा कार्यालयमा कोही पनि नरहने भएका कारण कुनै पनि मानवीय क्षति भएको छैन।

शक्तिशाली सिलिण्डर बम बिस्फोटपछि भवनमा आगलागी भएको थियो। विस्फोट तथा आगलागीको खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेको र भरतपुर महानगरको दमकल तथा स्थानीयको सहयोगमा आगो निभाइएको प्रहरी उपरीक्षक राठौरले बताए।

उनका अनुसार बिस्फोट कसले गराएको हो भन्ने सम्बन्धमा हालसम्म केही खुलेको छैन। प्रहरीले अनुसन्धान अघि बढाएको उनले जानकारी दिए।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv