‘लभ स्टेसन’ को दोस्रो गीत रिलिज प्रदिपले गीत गायर फकाए जसितालाई

काठमाण्डौ ४ ,चैत्र । निर्माता तथा बितरक गोबिन्द शाहीको लगानिमा बनेको चलचित्र ‘लभ स्टेसन’ को ‘मेरो आगनिमा आज जुन उदायो’ भन्ने बोलको दोस्रो गीत सार्वजनिक गरिएको छ ।

सुरेश लामाको स्वरमा रहेको उक्त गीतमा प्रदिप खड्का र जसिता गुरुङ फिचर्ड छन ।उज्ज्वल घिमिरेको शब्द अनी सम्भुजित बास्कोटाको संगीत रहेको गीतमा एरेन्जर भने रिकेश गुरुङ रहेका छन ।

बहु प्रतिक्षित चलचित्रको रुपमा हेरिएको ‘लभ स्टेसन’ को निर्देशक भने उज्वल घिमिरे हुन ।यस अघी सार्वजनिक भएको गीत र ट्रेलर ले पनि राम्रै चर्चा बटुलिरहेको छ ।

लभ स्टोरी जनराको उक्त चलचित्रमा प्रदिपलाई गायकको रुपमा देख्न सकिन्छ । निर्माता गोबिन्द शाहीका अनुसार ‘लभ स्टेसन’ टिमले मंगलबारदेखी मोफसल टुरको यात्रा पोखरा बाट सुरु गर्दै छ ।

चैत्र २२ गते देखी प्रदर्सनमा आउन लागेको चलचित्रमा प्रदिप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, सिरु बिष्ट, प्रिया रिजाल, रबी डङ्गोल, प्रकाश शाह, कालु राणा, दिनेश काफ्ले, रश्मी पाण्डे, रिशु खरेल, ज्वलन्त गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv