लुक्लामा समिट एयरको विमान दुर्घटना

काठमाण्डौं, बैशाख १ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । जहाजमा पाइलट र को–पाइलट मात्र थिए ।
प्रहरीका अनुसार पाइलटको मृत्यु भएको छ । पाइलटको पहिचान भइसकेको छैन् । को–पाइलट भने च्यापिएको अवस्थामा भेटिएकाले उद्दार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै मृत्यु हुनेमा पर्यटक प्रहरी असई राम बहादुर खड्का रहेका छन् । विमानस्थल सुरक्षाका एकजना असई रुद्र बहादुर श्रेष्ठ घाइते भएका छन् । उनलाई थप उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले बताएको छ ।

पार्किङ गरी राखिएको हेलिकप्टरसँग काठमाडौंका लागि उड्न लागेको समिट एयरको विमान धावनमार्गबाट चिप्लिएर ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए ।

प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किए लगत्तै आगो लागेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv