केराको परिकार मन पराउनेका लागि काठमाण्डौंमा खुल्यो बनाना क्याफे

काठमाण्डौ,बैशाख ५ । काठमाडौंको शंकरदेव रोड, बागबजारमा केराका परिकार उपल्बध हुने रेष्टुरेन्ट बनाना क्याफेको उद्घाटन गरिएको छ । कलाकार लय संग्रौला, उत्तम केसी र नायिका तथा गायिका सारिका घिमिरले बिहिबार शुभम हेम वनाना क्याफेको उद्घाटन गरेका हुन् ।

केराका परिकारहरु जिरा, मःमः, चिप्स, पकौडा, चिल्लीलगायतका परिकार उपलब्ध हुने शुभम हेम वनाना क्याफेको उद्घाटन गर्दै कलाकार लय संग्रौलाले केराका मिठा परिकार पस्किने रेष्टुरेन्टलाई बधाई तथा शुभकामना दिएका थिए ।
त्यस्तै कलाकार उत्तम केसीले केराका परिकारको स्वाद मिठो रहेको बताए भने नायिका तथा गायिका सारिका घिमिरेले पहिलो पल्ट केराका परिकारको स्वद लिएको बताईन ।

लामो समय विदेशमा बसेर आएर बागबजारमा केराका परिकार पस्किने रेष्टुरेन्ट सञ्चालनमा ल्याएको क्याफेका सञ्चालक प्रमोद सेरचनले बताए । ग्राहकलाई फरक र मिठो स्वादका लागि केराका परिकार रेष्टुरेण्टले उपलब्ध गराएको क्याफेका अर्का सञ्चालक अपेक्षा रञ्जीताले बताईन । उद्घाटन कार्यक्रममा गायक, कलाकार रमेश थापाको जन्मदिन पनि मनाईएको थियो ।

कार्यक्रममा निर्देशक रामकाजी घिमिरे, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, चलचित्र पत्रत्रकार संघकी उपाध्यक्ष गीता अधिकारी, पत्रकार भोला अधिकारी, शम्भु ढुङ्गना, कृष पाण्डे लगायतका ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv