आज देशभरको मौसम मेघ गर्जन र चट्याङ हावाहुरी सहित हल्का वर्षाको सम्भावना

काठमाडौं, वैशाख ८ । आज देशभरको मौसम दिनभरीनै बदली रहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आईतवार आंशिक देखि सामान्य बदली भएर केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार राति पनि मौसम बदली हुने र थोरै स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

मौसमविद गंगा नगरकोटीका अनुसार चट्याङ पर्दा यसबाट बच्न सबैभन्दा उत्तम उपाय घरभित्रै बस्ने, घरभित्र बस्दा पनि टेलिभिजन, टेलिफोन लगायतका विद्युतिय उपकरण नचलाउने, बन्द गर्ने, पानीका धाराहरु बन्द गर्ने, झ्याल तथा भित्तामा अडेस नलगाउने, अग्लो ठाउँमा नजाने

खुला चौरमा भएमा घोप्टो परेर बस्ने, रुखको नजिक तथा विद्युतका पोल नजिक नजाने, फलाम तथा तामा मेटलका करेन्ट प्रवाह हुने सक्ने सामाग्रीहरु नछुने, कार तथा गाडीभित्र भएमा झ्याल ढोका बन्द गरेर भित्रै बस्ने गर्नुपर्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv