सरकारले सुरु गरेको समृद्धिको यात्रामा सहयोग गर्न प्रधानमन्त्री ओलीको आह्वान

काठमाडौं, वैशाख १० । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सुरु गरेको समृद्धिको यात्रामा सहयोग गर्न आह्वान गर्नुभएको छ ।
पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठान स्थापनाको २६ औं वर्षका अवसरमा आज काठमाडौंमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्धिको साझा यात्रामा सहभागी भएर मुलुकलाई अघि बढाउनुपर्ने बताउनुभयो । यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकारकै पालामा मुलुक समृद्ध बन्ने दाबीसमेत गर्नुभयो ।

सरकारको आलोचना गर्न खर्चने समय मुलुकको निर्माणमा लगाउन पनि उहाँले सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले पर्यटन क्षेत्र समृद्धिको मुख्य आधार भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।

पासाङ ल्हामु देशकै प्रतिष्ठा भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । कार्यक्रममा पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानमा महत्वपूर्ण योगदान गर्नेहरुलाई सम्मानसमेत गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv