तेस्रो नेपाल लाइफ फोटो पत्रकारिता अवार्ड सम्पन्न

काठमाण्डौं,बैशाख १३ । नेपाल राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे नेपाल)ले आज नेपाल लाइफ फोटो पत्रकारीता अवार्ड २०७५ सम्पन्न गरेको छ । सुखि नेपाली र सवृद्ध नेपाल सरकारको नारालाई साकार पार्नको लागि जिवन्त फोटोहरुले भुमिका खेल्न सक्छन र यस तर्फ फोटोपत्रकारीताले ठुलो योदान गर्दै आएको छ अझै पनि यसको लागि फोटोपत्रकारहरुले योगदान आवश्यक रहेको उप प्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले बताए ।


“नेपाल लाइफ राष्टिय फोटो पत्रकारिता अवार्ड २०७५” को उत्कृष्ट १४ अवार्ड, एक जनालाई लाइफ टाइम अचिभमेन्ट र एक जनालाई विषेश सम्मान गरिएको होे ।


लाइफ टाईम फोटोपत्रकारीता अवार्ड वरिष्ट फोटोपत्रकार मिनरत्न वर्जचार्यलाई पचास हजार नगद र सम्मापन पत्रले सम्मान गरिएको थियो भने, विषेश सम्मान पूर्वसशत्र नायव उपरिक्षक माधवबहादुर थापालाई दिइएको छ ।

यस्तै पुरस्कृत हुनेमा इ-सेवा १ नम्वर प्रदेश फोटोपत्रकारिता अवार्ड माइलाइफ डटकम झापाका सरद जोशी प्रदेश नं. २ फोटोपत्रकारिता अवार्ड अन्नपूर्ण पोष्टका दिवाकर भण्डारी, प्रदेश नं. ३ फोटोपत्रकारिता अन्नपूर्ण पोष्टकै अवार्ड मनिष दवाडी, एनआइसि एसिया गण्डकी प्रदेश फोटो पत्रकारिता अवार्ड आर्दश समाज डेलीका दुर्गा प्रसाद पौडेल, अर्घाखाँची सिमेन्ट प्रदेश नं.५ फोटोपत्रकारिता अवार्ड बुटवल टुडेका खगप्रसाद चापाँगाई

कर्णाली प्रदेश फोटोपत्रकारिता अवार्ड, रासस जाजरकोट हेमन्त केसी, सुदुरपश्चिम प्रदेश फोटोपत्रकारिता अवार्ड, सेरवहादुर सिँह रासस कन्चनपूर, पन्चकन्या ग्रुप विजनेश फोटोपत्रकारिता अवाड सुरेन्द्र कुमार पुन, कान्तिपुर दैनिकका, ग्लोबल आइएमई बैक महिला फोटोपत्रकारिता अवार्ड गोरखापत्रकी कविता थापा, रुस्लान म्यूजीक मनोरन्जन फोटोपत्रकारिता अवार्ड, अनलाईन एजेन्सीका राजन काफ्ले, थाहा अध्ययन प्रतिष्ठान पोलिटिकल फोटोपत्रकारीता अवार्ड पहिलो पोष्ट डटकमका प्रविन रानाभाट, नेपाल टेलिकम डेली लाइफ फोटोपत्रकारीता अवार्ड थाहा खवर डटकमका दिपक केसी, नेपाल एयर लाइन्स कल्चर एण्ड टुरिजम फोटोपत्रकारीता अवार्ड, सुनिल शर्मा सिन्ह्वा युज एजेन्सी र गोल्डस्टार सुज खेलकुद-स्पोर्टस फोटोपत्रकारिता अवार्ड राजधानी दैनीकका सुशिलकुमार श्रेष्ठ लगाएत १४ जनाले २५/२५ हजार नगद राशी सहित ट्रफि र सम्मान पत्र पाएका थिए ।

प्रत्येक विधाबाट उत्कृष्ट पाँच जनालाई मनोनयन गरिएको थियो । देश भरीका फोटो पत्रकारहरुलाई प्रतिस्पर्धामा भाग लिनका लागि आव्हान गरिएको थियो । आवेदन दिएका देश भरिका फोटो पत्रकारहरु मध्यबाट उत्कृष्ट फोटो र उनीहरुले फोटो पत्रकारीता क्षेत्रमा पुर्याएको योगदानको अधारमा मनोनयमा छनौट गरी पुरस्कृत गरिएको थियो ।
यसै गरि उक्त कार्यक्रममा हरिगोपाल प्रधानको नाममा स्थापना गरिएको फोटोपत्रकारीता सम्मान खेलकुद फोटो पत्रकारीताबाट श्याम चित्रकार, मानेरन्जन फोटोपत्रकारीताबाट महेश प्रधान, सहाशिक फोटोपत्रकारीता ट देवकी विष्ट, संकृती र सम्पदा नातिकाजी डङगोल र पर्यटन जर्नादन अर्याललाई सम्मानपत्र वितरण गरिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv