भाषा,संस्कृति जोगाउन संजाल भयो सक्रिय

काठमाण्डौं,बैशाख २५ । ठकुरी सहयोग संजालले आफ्ना शाखाका प्रतिनिधी तथा ठकुरीहरुलाई भाषा प्रशिक्षण दिएको छ । बरिष्ठ सल्लाहकार तथा ईतिहासबिद परिबेश मल्ल ठकुरीको नेतृत्वमा संजालले भाषा परिक्षण दिएको हो ।

गत आईतबार पुर्वको रौतहट र हेटौंडा शाखाका ठकुरीहरुलाई प्रशिक्षण दिन संजालका ईतिहासविद् परिबेश मल्ल कार्यवाहक अध्यक्ष अजय मल्ल ठकुरी, बरिष्ठ सल्लाहकार किरण शाह,सल्लाहकार किशोर सिंह शाही, संचार बिभाग प्रमुख रतन चन्द प्रशिक्षण टोली रहेको थियो
। कार्यक्रममा जिल्लाका अध्यक्ष,सल्लाहकार र ठकुरीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

सहभागीहरुले एक प्रश्नको उत्तरमा भने “हामीलाई हाम्रो जात के हो थाह भएपनी हाम्रो जाती को उत्पती,बिकास संस्कार बारे जानकारी थिएन । यो प्रशिक्षणले हाम्रो आँखा खोली दियो । ”

संजाल ले आगामी दिनमा अरु शाखाहरुमा पनि प्रशिक्षण दिने योजना बनाएको छ ।

प्रशिक्षण टोली रहेको कार्यक्रममा थियो संजालले प्रशिक्षण दिनु अघि बारा जिल्लाको फेटा गाउँपालिका वडा नं १ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा बढ्ने बालबालिकालाई पोशाक,स्टेसनरिका सामाग्री बितरण गरेको थियो ।

सो सामाग्रीका लागि ‘ठकुरी समाज’ युके ले आर्थिक सहयोग गरेको कावा अध्यक्ष मल्ल ले जानकारी दिए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv