श्रीमानले श्रीमतीलाई जिउँदै जलाएर हत्या गरेको घटनामा नयाँ रहस्य

काठमाडौं, २६ वैशाख । धनुषामा श्रीमानले श्रीमतीलाई जिउँदै जलाएर हत्या गरेको घटनामा नयाँ रहस्य खुलेको छ । भाउजूसँगको प्रेम लुकाउन मुकेश गोइतले श्रीमती निर्मला यादवलाई जिउँदै आगो लगाइ हत्या गरेको रहस्य खुलेको हो । प्रहरी अनुसन्धानका क्रममा यस्तो रहस्य खुलेको हो । धनुषाको शहिद नगरपालिका १ स्थित पुरवारी टोल चिरैया बस्ने मुकेशले वैशाख ५ गते श्रीमती निर्मलाको शरीरमा मट्टितेल छर्केर आगो लगाएका थिए ।

भान्छामा काम गरिरहेकी निर्मलालाई मुकेशले आगो लगाएका थिए । घटनामा निर्मलाको शरीरको छाला ७० प्रतिशत जलेको थियो । छिमेकी सहितले उद्दार गरेपछि उनलाई जनकपुर अञ्चल अस्पताल पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई काठमाडौं ल्याइएको थियो । उपचारका क्रममै वैशाख १६ गते निर्मलाको मृत्यु भएको थियो ।

विवाहअघि नै भाउजू श्यामादेवी यादवसँग मुकेशको प्रेम रहेको खुलेको छ । भाउजुसंग प्रेम रहेका मुकेशले विवाह गरेपछि पनि उनीहरुबीचको सम्बन्ध कायम थियो । मुकेशको विवाह पछि पनि उनीहरु दुईजना छुट्टिन नसकेपछि निर्मलाको हत्या गरेको धनुषाका एसपी शेखर खनालले बताए । निर्मलासँग विवाह १० महिना नवित्दै मुकेशले उनलाई जलाएका थिए ।

भाउजुसंगको प्रेम भएकै कारण श्रीमान श्रीमतीबीच झगडा सुरु भएको थियो । निर्मलाले उनीहरुबीचको सम्बन्ध थाहा पाएपछि सम्बन्धमा चिसोपन आएको थियो । अनुसन्धानमा रहेका एसपी खनालका अनुसार श्यामादेवीकै कारण मुकेश र निर्मलाबीच झगडा हुन थालेपछि उनले नै जिउँदै जलाएर हत्या गर्ने योजना बनाएकी थिइन् । निर्मलालाई मट्टीतेल छर्केर आगो लगाएसँगै मुकेश भागेका थिए ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv