रेडियोकर्मी एवं म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठको निधन

काठमाण्डौं,बैशाख २८ । रेडियोकर्मी एवं म्युजिक भिडियो निर्देशक सुरज श्रेष्ठको निधन भएको छ । शनिबार बिहान २:१५ बजे काठमाडौँको ॐ हस्पिटलमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

श्रेष्ठ साढे ४ वर्षदेखि मोटर न्यरोड डिजिट नामक रोगबाट ग्रसित थिए । उनलाई पछिल्लो समयमा श्वासप्रस्वास र मुटुसम्बन्धी पनि समस्या देखिएको थियो । श्रेष्ठ २०५६ साल देखि इमेज एफएमको स्टेशन म्यानेजर रहेका थिए ।

गीतकार तथा संगीतकार रुपमा पनि आफ्नो पहिचान बनाएका उनले विभिन्न म्युजिक भिडियो निर्देशन समेत गरेका छन् । श्रेष्ठका श्रीमती, एक छोरा र एक छोरी छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv