‘लुट्न सके लुट’पछि पशुपति शर्माको आयो अर्को तहल्का मच्चाउने गीत (भिडियोसहित)

काठमाडौं,जेठ २ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले अर्का तहल्का मच्चाउने गीत सार्वजनिक गरको छन् । उनको लुट्न सके लुट कान्छा भन्ने गीत निकै चर्चीत भएको थियो । तर विवादित भएका कारण पशुपतिले सो गीत भने युट्युव च्यानलवाट भने हटाइएको छ । उनको यो गीत पनि निकै चर्चीत हुने विश्वास गरिएको छ ।

लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका हुन् ।

‘हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । यो गीत सार्वजनिक भएको केही बेरमै निकै राम्रो भ्युअर पाएको छ । गीतमा राम्रा कमेन्टहरु पनि आएका छन् ।

पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् । गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv