रुपन्देहीको शंकरपुर नाकामा गोली चल्यो, हतियारसहित १ भारतीय पक्राउ

भैरहवा,जेठ २ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका शंकरपुर नाकामा बिहीबार गोली चलेको छ । भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका ब्यक्तिसंग प्रहरीको दोहोरो गोली हानाहान भएको हो । गोली प्रहार गर्ने एक व्यक्तिलाई प्रहरीले पम्राउ गरेको छ । ति ब्यक्तिलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।

सादा पोशाकका प्रहरीमाथि आक्रमण भएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको रुपन्देहीका प्रहरी प्रवक्ता डीएसपी धर्मराज भण्डारीले बताएका छन् ।

प्रहरीका अनुसार गोली लागेर घाइते भएका व्यक्तिलाई भारतीय पक्षले नै उठाएर लगेका छन् । प्रहरीले पक्राउ गर्न खोज्दा गुहार मागेपछि भारतीयहरु नेपाली सीमा क्षेत्रमा प्रवेश गरेर प्रहरीलाई आक्रमण गरेका थिए । भारतीयहरुको आक्रमणमा परी ३ जना प्रहरी घाइते भएको डीएसपी भण्डारीले बताए ।

प्रहरीले १ जना भारतीयलाई हतियार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत महाराजगंज फरेना बस्ने अन्दाजी बर्ष ५२ को झिनक धोबी रहेको प्रहरीले पुष्टि गरेको छ । उनीबाट मेड इन युएसए लेखेको १ थान अटोमेटिक पेस्तोल बरामद भएको प्रहरी प्रवक्ता डिएसपी भण्डारीले बताए । प्रहरीको गोली लागेर घाइते भएका व्यक्ति भारतीय नागरिक हुन्। स्रोतका अनुसार पक्राउ भारत महाराजगंज जिल्ला फरेन्दाका झिनक धोबी हुन्। स्रोतका अनुसार घाइते पक्राउ परेका धोबीका भतिज दिलिप हुन्। प्रहरीले धोबीको साथबाट एउटा अटोमेटिक पेस्तोल बरामद गरेको छ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv