कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान
काठमाण्डौं,जेठ ९ । उपचारका लागि कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् ।
पेटमा समस्या भएपछि देउवा त्यसको उपचारका लागि बुधबार राति सिंगापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
पेटसम्बन्धी समस्या झेल्दै आइरहेका देउवाले सिंगापुरको माउण्ट एलिजावेथ अस्पतालमा आफ्नो स्वास्थ्य जाँच गराउँदै आएका छन् । चिकित्सकको सल्लाहअनुसार देउवा आफ्नो नियमित स्वास्थ्य परीक्षणका लागि बुधबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
पत्नी आरजू राणालाई साथमा लिएर गएका देउवा जेठ १३ मा स्वदेश फर्कने कार्यक्रम छ ।