पाँचथर हत्याकाण्ड : अन्तेष्टिका लागि शव ल्याइँदै

काठमाण्डौं,जेठ ९ । सोमबार राति मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा हत्या गरिएका ९ जनाको शब पोस्टमार्टमपछि गाउँ ल्याइँदै छ ।प्रहरीका अनुसार बमबहादुर फियाक परिवारका ४ जनाको आरूबोटेमा मै अन्तेष्टि गरिने छ ।

बाँकी ५ जना धनराज शेर्माको परिवारलाई उनको पुख्र्यौली घर घर मांङजाबुङ लगिने पाँचथर प्रहरीले जनाएको छ । धनराज ससुराली घर नजिक जग्गा खरिद गरेर बस्दै आएका थिए ।शव ल्याइसकेपछि अन्तेष्टिका लागि आफन्तलाई जिम्मा लगाइनेे छ ।

उनीहरुकाे हत्यामा संलग्न झुन्डिएर आत्महत्या गरेकामनकुमार माखिमसँग अरु पनि पनि थिए वा थिएनन् भन्ने पत्ता लागेको छैन् ।


प्रहरीले माखिमका निकट व्यक्ति, परिवार र टेलिफोनको कल डिटेललाई अनुसन्धान गरिरहेको छ । भागेर बाँच्न सफल भएकी सीता खजुमलाई पनि अनुसन्धानका लागि पाँचथर ल्याइने प्रहरी नायब उपरीक्षक नरेद्र कुँवरले बताए । आजको कान्तिपुर मा खबर छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv