राजदरबार हत्या काण्डको १८ औं स्‍मृति दिवसमा दिप प्रज्वलन

काठमान्डौं,जेठ २० । ठकुरी सहयोग संजालले राजदरबार हत्या काण्डको १८ औं स्‍मृति दिवसमा दिप प्रज्वलन गरेको छ । आईतबार नारयणहिटी दरबारको प्रमुख द्वारमा राजपरिवारको सम्झनामा दिप प्रज्वलन गरी मनाएको हो ।


कार्यक्रममा संजालका का वा अध्यक्ष अजय मल्ल ठकुरी, बरीष्ठ सल्लाहकार किशोर सिंह शाही, किरण शाह,परिवेश मल्ल ठकुरी लगायत अन्य सदस्यहरुको उपस्थिती रहेको थियो ।

२०५८ साल जेठ १९ गते दरवारभित्र भएको गोलीकाण्डमा तत्कालिन राजा वीरेन्द्र शाहको बंश नै नाश हुने गरी राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

हत्याकाण्डमा तत्कालिन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतीसहितको निधन भएको थियो । घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरे पनि यसलाई धेरैले विश्वास गरेका छैनन् ।

वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि ज्ञानेन्द्र शाहले ४ वर्ष राजगद्दी सम्हाले । माओवादीको शसस्त्र द्धन्द्ध र राजनीतिक दलहरुको जनआन्दोलन पछि नेपाल गणतान्त्रिक मुलुक घोषणा भयो । नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि देशमा राजतन्त्र नै समाप्त भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv