चर्चित स्याक्सोफोनवादक तथा संगीतकार शुभबहादुर सुनामको एकल सांगीतिक प्रस्तुति हुने
काठमाण्डौं, असार १ । चर्चित स्याक्सोफोनवादक तथा संगीतकार शुभबहादुर सुनामको एकल सांगीतिक प्रस्तुति हुने भएको छ । सांस्कृतिक संस्थानको आयोजनामा हुन लागेको स्याक्समाण्डु शिर्षकमा हुन लागेको कार्यक्रममा सुनामले चर्चित गीतहरुमा स्याक्साफोन वादन गर्ने छन् ।

कार्यक्रम भोली असार २ गते साँझ ५ बजे राष्ट्रिय नाँचघर, जमलमा हुँदैछ । कार्यक्रममा उनलाई अमूल कार्की लगायतका चर्चित वाद्यवादकले साथ दिने सांस्कृतिक संस्थाका महाप्रवन्धक राजेश थापाले बताए । कार्यक्रममा सुभन लिम्बु, रोमिन सुनाम, मदन सिंह नेपाली लगायतका कलाकारले गायन प्रस्तुत गर्नेछन् ।
कुशलवाद्यवादकको परिचय बनाएका शुभबहादुर २००५ पुस २१ गते काठमाडौैँको क्षेत्रपाटीमा जन्मिएका हुन् । सुनामको परिवारका अधिकांस संगीत क्षेत्रमा आवद्ध छन् । सैनिक ब्याण्डमा समेत आवद्ध भएका सुनाम जर्नेल पदबाट अवकाश प्राप्त बाद्यवादक हुन् ।