प्रधानमन्त्री ओलीले गुठी विधेयकको बिषयमा परामर्श तीव्र

काठमाण्डौं, असार २ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकको बिषयमा परामर्श तीव्र बनाउनु भएको छ । बिद्येयकलाई लिएर बिरोध बढेपछि प्रधानमन्त्री ओली आफैले पहलकदमी लिएर बिद्येयकबारे परामर्शलाई तीब्र बनाउनु भएको हो ।

९ दिने युरोप भ्रमण पूरा गरी हिजो स्वदेश फर्केलगत्तै उपत्यकाका नेवार समुदाय बिरोधमा उत्रिएपछि बिमानस्थलबाटै भुलवस केही गल्ती भएको भए सच्याउने घोषणा गर्नुभएका प्रधानमन्त्री ओलीले निवास फर्केलगत्तैबाट बिद्येयकको बिषयमा परामर्श अघि बढाउनु भएको हो ।

प्रधानमन्त्री ओलीले आज विहान भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालबाट बिद्येयकबारे ब्रिफिङ लिनुभएको छ । मन्त्रीसँगको छलफलपछि बिज्ञसँग धारणा बुझ्नुभएका प्रधानमन्त्री ओलीले आजै उपत्यकाबाट निर्वाचित सवै दलका संघीय सांसद, प्रदेश सांसद, मेयर र उपमेयरको बैठक आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाउनु भएको हो । सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने धारणा राखेपछि प्रधानमन्त्री ओलीले सवै जनप्रतिनिधिको कुरा सुनेर आवश्यक निर्णय लिने योजना बनाउनु भएको हो । उपत्यकाका जनप्रतिनिधिहरुको सुझावपछि बिद्येयकबारे निर्णय हुने प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

‘उहाँले उपत्यकाका सवै सांसद र मेयर उपमेयरको बैडक बोलाउनु भएको छ, सवैको सुझाव सुनेपछि त्यसअनुसार नै निर्णय लिनुहुनेछ,’ प्रधानमन्त्री ओलीका सचिवालयका एक सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार प्रधानमन्त्री ओलीले गुठी बिद्येयकको बिषयलाई निकै गम्भीर रुपमा लिनुभएको छ । आजको जनता टाइम्समा खबर छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv