शिक्षक लाइसेन्सका लागि खुल्यो आवेदन
काठमाण्डौं,असार २ । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले सोमवार विज्ञापन प्रकाशन गरी प्राथमिक, निम्नमाध्यमिक र माध्यमिक तहमा अध्यापन अनुमति पत्रका लागि दरखास्त आह्वा नगरेको हो ।
दरखास्त अनलाइनमार्फत पनि दिन सकिने छ । त्यसका लागि आयोगको वेबसाइट www.tsc.gov.np मा गरेर फारम भर्न सकिने छ ।
दरखास्त दिने मिति यही असार २२ गतेसम्म छ । त्यसपछि थप ७ दिन अर्थात २९ गतेसम्म दोब्बर दस्तुर तिरेर आदेवन दिन सकिने आयोगले जनाएको छ ।