जनबिरोध बढेपछी गुठी विधेयक फिर्ता

काठमाण्डौं,असार ३ । चौतर्फी बिरोध भएपछि सरकारले विवादीत गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । भूमिव्यवस्थामन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिएकी हुन् ।

यो विधेयक राष्ट्रियसभामा दर्ता भएको थियो । तर गुठी मास्ने गरी विधेयक ल्याएको भन्दै चौतर्फी विरोध भइरहेको छ । माइतीघर मण्डलामा दिनहुँ भएका विरोध प्रदर्शन र आफ्नै पार्टीका सांसदहरुले समेत समर्थन नगरेपछि सरकार फिर्ता लिन बाध्य भएको हो ।

विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएकाले सम्वन्धित सरोकारवालासँग थप छलफल आवश्यक देखिएको मन्त्री अर्यालले बताइन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv