जहाजमा आगो दन्किदा रमिते बने प्रदेश १ का मन्त्री

काठमाण्डौं,५ असार । बुधबार बिहान ८ बजे विराटनगर विमानस्थलमा चालक दलका सदस्यसहित ५४ जना बोकेको जहाज अवतरण भयो। त्यसको दुई मिनेट भित्रै एक्कासी जहाजमा आगो दन्कियो। धुँवाको मुस्लो छुट्यो।

आगो निभाउन दमकल घटनास्थलतर्फ हुइँकिए। एम्बुलेन्स र इस्ट्रेचरसहितका उद्धारकर्मी पनि त्यतै लागे। दमकलले आगो निभाउन थाले।उद्धारमा खटिएका नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, रेडक्रमकर्मी एवं विमानस्थलका कर्मचारी उद्धारमा सक्रिय भएर खटिए। बल्लबल्ल आगो नियन्त्रणमा आए पनि जहाजको केही भाग जलिसकेको थियो।

दुर्घटनामा चारजना यात्रुको मृत्यु भएको जानकारी विमानस्थलले दियो। शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगियो। २० जना गम्भीर घाइतेमध्ये ११ जनालाई नोबेल शिक्षण अस्पताल र ९ जनालाई हाम्रो अस्पतालमा उपचारका लागि भर्ना गरियो। तर यो वास्तविक घटना भने थिएन । जहाज दुर्घटना भएका बेला हुनसक्ने जोखिम न्यूनीकरणका लागि गरिएको उद्धारको पूर्व अभ्यास थियो।

अन्नपुर्णपोष्टले यो समाचार लेखेको छ । निक्कै रमित लाग्दो पूर्व अभ्यास हेर्नका लागि प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीलगायत विमानस्थल पुगेका थिए। यसका लागि रेडक्रस, विभिन्न अस्पताल र जनप्रतिनिधिले सहयोग गरेका थिए।

विराटनगर विमानस्थलका प्रमुख टेकनाथ सिटौलाले विमानस्थलमा संकट योजना पूर्णकालीन अभ्यास गरिएको जानकारी दिए । विमानस्थलमा यस्तो अभ्यास प्रत्येक दुई वर्षमा गर्ने गरिएको उनको भनाइ छ।

विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर र अवस्थालाई बढाउन विभिन्न निकायसँग समन्वय गरेर यस्तो अभ्यास गर्ने गरिन्छ,उनले भने, यसले जहाज दुर्घटनामा परिहालेमा तयारीको स्तर र क्षमता के हो भन्ने पनि प्रष्ट पार्छ।सिटौलाले उद्धारलाई प्रभावकारी बनाउन र उद्धारकर्मीको क्षमता बढाउन पनि पूर्व अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताए ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv