कविता रन्डीका भोटहरु

मेयर साब
धन्न यहाको उदय भयो
इटरी तिर बाट
धन्न
महापुरुषहरुको यो जगतमा कमी थियो
यहाले त्यस्को कोटा पूरा गरिदिनु भयो
माला र अबिर लगाएर यहाको
स्वागत गर्दै बिजय जुलुस निकाल्नु पर्ने
हामी पनि चुके छौ

यहाँ जस्तो महापुरुषको जन्म
यो धर्तिमा हुनु सामान्य कुरै हैन
युगौ युग पछि हुन्छ
यस्ता महापुरुषहरुको जन्म

इटरीको भुमीमा
रन्डीहरुले गर्दा चल्ने
कस्मेटिक पसल , होटल
कन्डम र पिल्स गर्भपतन केन्द्रहरु
घरभाडाहरु ओहो अब यिनका कुरा गरेर होला
तर
मेयर साब
एउटा कुरा यहालाइ
भोट पनि
त्यहैका रन्डीहरुले पनि हालेका छ्न

त्यस्तो महापुरुषलाई
ती भोटहरुले अपबित्र तुल्याउने
भयो
लौन अब यहाले पाएका भोटहरु
गन्नु पर्यो अनि
त्यहा बाट सारा रन्डीहरुको भोट फिर्ता गर्नु पर्यो
भोट हाल्दा कण्ड्म बिना नै हालेका छ्न रण्डीहरुले
यहालाइ फेरि एच .आइ . भि . लाग्न बेर छैन

मेयर साब
एच. आइ. भि .एड्स भन्ने त सुन्नु भएकै होला नी
कि सुन्नु भएको छैन ??
एक पट्क डाक्टरलाई सोध्नुस त
के हो भनेर
के गर्छ भनेर

अब आनाकानी मनोमानी हैन मेयर साब
उपचार गर्ने समय आयो
यो उपचार सामान्य छदैं छैन
अलि महंगो अनि
उपचार नै सम्भव छैन
लागे पछि लागि हाल्यो
त्यसैले
ती सारा रन्डीहरुले कण्ड्म बिनै
हालेका भोटहरु तुरुन्तै फिर्ता गरेर
आफ्नो ज्यान जोगाउनुस मेयर साब

यहाँ जस्तो
महापुरुष कयौ युग पछि जन्मिन्छ्न
त्यसै ती रण्डीहरुको भोटले
एड्स भएर सकिने कुरा हुदैन
हुन त तपाइलाइ के फरक पार्छ र
हैन र ?
भन्दा पो रन्डी त
एड्स नै लागे पनि
रन्डीको भोट त
गंगाजल भन्दा पनि पबित्र पो हुन्छ त
कि कसो मेयर साब ??

© रमा भट्टराई कैलाली



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv