अग्नि सापकोटाले प्रचण्ड भेटेपछि बालुवाटारमा खैलाबैला

काठमाडौं,असार ८ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नै निवासमा गुटभेला गराएको भन्दै त्यसको असर बालुवाटारमा परेको छ । केही सञ्चार माध्यमले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै निवास खुमलटारमा गुतगट भेला बोलाएको समाचार बनाएका थिए । सो समाचारले आइतबार काठमाडौंको राजनीतिक वृत्तमा तरंग ल्याएको छ । बालुवाटारमा समेत त्यसको असर परेको छ ।

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टी एकताका बेला सहमति भएर छपाइका लागि तयार पारेको राजनीतिक प्रतिवेदन संशोधनको प्रस्ताव गरेपछि प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले विरोध गरेका थिए । ओलीले महाधिवेशनसम्म स्थगन गर्ने भनिएको तत्कालीन एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवाद ब्युँताउन खोजेको आशंका प्रचण्डले गरेकै बेला भएको भनिएको गुटभेलाले बालुवाटारमा तरंग ल्याएको छ ।

त्यही कारण शुक्रबारै पूर्वमाओवादी केन्द्रका निकट विश्वासपात्र नेतासँग प्रचण्डले गोप्य भेटघाट गरेको भन्ने समाचार आएको दाबी प्रचण्ड सचिवालयको छ । स्रोतका अनुसार प्रचण्ड निवासमा अरु कोही नेता नभई अग्नि सापकोटा गएको बताइएको छ । आइतबार सापकोटाले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेर फर्केका थिए । प्रचण्डको सचिवालयले कुनै गुटगत भेला नभएको भन्दै सापकोटाले आफ्नो चीन भ्रमणबारे जानकारी गराउन समय मागेर भेट्न आएको बताएको छ । ‘उहाँ (अग्नि) चीन भ्रमणमा जानुभएको थियो । फर्केपछि भ्रमणका विषयमा अध्यक्षलाई जानकारी गराउन आउनुभएको हो’, प्रचण्डको सचिवालयका एक सदसय्ले भने ‘कुनै गुटगत छलफल वा बैठक भएकै छैन ।’

स्रोतका अनुसार प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रचण्ड निवासमा गुटगत बैठक भए नभएको बुझ्न जासुसी संयन्त्र परिचलान गरेका छन् । प्रचण्डले भेला बोलाएको समाचार आएपछि ओली पक्षधरले आइतबार दिनभर त्यसको पुष्टिका लागि दौडधुप गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv