गलबन्दी गीत विवाद :शम्भु र प्रकाशबीच सहमति

काठमाडौं, १० असार । लामो समय निकै विवादित बनेको गलबन्दीको विवाद सुल्झिएको छ । शम्भु राई र प्रकाश सपुतबीच सहमति भएपछि सो गितमा आएको विवाद सुल्झिएको हो । दुबैपक्षले बुधबार एक सहमति पत्रमा हस्ताक्षर गर्दै विवाद टुंग्याएको घोषणा गरेका छन् । गलबन्दी गीतमा संगीतकारका रुपमा शम्भु राईको नाम राख्ने सहमति भए पछि विवाद मिलेको हो ।

सहमति अनुसार प्रकाश सपुतको नाम पनि संगीतकारकै रुपमा रहनेछ। सपुतको ‘गलबन्दी च्यातियो’बोलको गीत सार्वजनिक भए लगत्तै निकै चर्चित भएको थियो । उनको सो गीत युट्युवको ट्रेण्गिंमा पहिलो नम्बरमा परेको थियो । उनको यो गित हिट भइरहँदा राईको ‘आऊ नाचौं साथी हो’ बोलको देउसीभैलो गीतसँग मिलेको भन्दै यसबारे विवाद सुरु भएको थियो । सो विवादले यस्तो रुप लियो की सो विषय सदनदेखि सामाजिक सञ्जालसम्म पुग्यो ।

प्रकाशलाई जातिय रुपमा होच्याउँदै सामाजिक सञ्जालमा निकृष्ट टिप्पणी गर्न थालेपछि त्यसको चर्चा संसदमा पनि भएको थियो । जातिय विभेद गर्ने खालको शब्द प्रयोग गर्दै सामाजिक सञ्जालमा टिप्पणी गर्नेलाई कारवाहीको माग गर्दै संसदमा आवाज उठेको थियो । राईले सो गित हिट हुन थालेपछि आफ्नो गीतको लय चोरी भएको बताएका थिए। अर्कोतर्फ सपुत राईको देउसीभैलो गीत कहिल्यै नसुनेको दाबी गर्दै आएका थिए। यद्यपि मंगलबार दुई पक्षबीच सहमति भएको हो।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv