सार्वजनिक भयो एसईईको नतिजा यसरी हेर्नुहोस्

काठमाण्डौं,असार १२ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भएको छ । केही बेर अघि नतिजा प्रकाशन भएको हो । बुधवार नतिजा प्रकाशनको सम्पुर्ण तयारी भएको भन्दै विद्यार्थी परिक्षाफलको तिब्र प्रतिक्षामा बसेका थिए ।

परीक्षा नियन्त्रण बोर्ड बैठकपछि एसईईको नतिजा विहिवार सार्वजनिक भएको हो । गत वर्षको परीक्षामा नियमिततर्फ ४ लाख ५० हजार १ सय ८६ र आंशिक गरी जम्मा ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका थिए ।

छात्रा २ लाख ३८ हजार ५ सय ५८ र छात्र २ लाख ३६ हजार ४ सय सहभागी थिए । यीमध्ये सामुदायिक विद्यालयबाट ३ लाख ४० हजार १ सय ९६ र निजीबाट १ लाख ३४ हजार ८ सय सहभागी भएका थिए ।

परीक्षामा ५० जना विद्यार्थीको परीक्षा रद्द गरिएको जनाएको छ । परीक्षफल चित्त नबुझेमा प्रतिविषय ५ सय रुपयाँ तिरी पुनर्योग गर्न सकिने परीक्षा बोर्डले ब्यवस्था गरेको छ ।

एसइईको नतिजा अनलाइनबाट हेर्न मिल्ने व्यवस्था कार्यालयले गरेको छ । जसअन्तर्गत विभिन्न वेबसाइट तथा एसएमएसबाट नतिजा थाहा पाउन सकिन्छ ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नतिजा थाहा पाउनका लागि नेपाल टेलिकमको मोबाइलबाट see पछि संकेत नम्बर (symbol number) टाइप गरी १६०० मा सन्देश पठाउनु पर्दछ ।उदाहरणका लागि, seesyblom No टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv