समातियो युवतिलाई सिरिन्ज हान्ने ब्यक्ती (भिडियो सहित )

काठमाडौं,असार १३ । काठमाडौंमा केही दिन यता महिलालाई सडकमा हिडेको देख्यो कि सिरिन्जले घोचेर भाग्ने गरेको घटनाले युवती आतंकित भएका छन् । यस्ता ६ जना युवतीलाई रातिको समयमा सिरिन्जले घोचेका कारण आतंकित भएका हुन् । उनीहरुको अहिले चिकित्सकको निगरानीमा उपचार भइरहेको छ ।

त्यसरी महिलालाई आतंकित पार्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप घर भई हाल काठमाडौँको नैकाप बस्ने ३० वर्षीय सन्तोष कार्की रहेका छन्।


रोग सार्ने नियतले आक्रमण गरेको हुनसक्ने आशंकामा पीडित महिलाहरुलाई एआईभीविरुद्धको एआरटी औषधि चलाइएको छ भने हेपाटाइटिसविरुद्धको भ्याक्सिन दिइएको छ । आक्रणकारी पक्राउ नपर्दा पीडितहरु तथ तनावमा थिए । महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा खटिएको अपराध महाशाखासहितको टोलीले कार्कीलाई बिहीबार राति १० बजे महाराजगञ्जबाट पक्राउ गरेको हो।

महाराजगञ्जमा फास्टफुट चलाउँदै आएका कार्कीले रेस्टुरेन्ट बन्द गरेर फर्कने क्रममा सोह्रखुट्टे, टंकेश्वर, डल्लु लगायतका क्षेत्रमा महिलामाथि आक्रमण गरेको बयान प्रहरीसामु दिएका छन् । तर उनले महिलालाई सिरिन्जले नभई ढलान किल्लाले घोच्ने गरेको स्वीकार गरेका छन् ।

प्रहरीमा उनले आफूले रमाइलोको लागि महिलामाथि ढलान किल्लाले घोच्ने गरेको बयान प्रहरी सामु दिएका छन् । घाइते महिलाहरुले टेकु अस्पतालमा उपचार गराएका थिए। ती महिलाहरुको उजुरीपछि परिसर र महाशाखाको संयुक्त टोलीले विशेष खोजतलास सुरु गरेको थियो।

खोजीकै क्रममा बिहीबार राति बाइकमा कोठमा फर्कँदै गरेका कार्कीलाई प्रहरीले बा४७प १३३१ नम्बरको मोटरसाइकलसहित पक्राउ गर्न सफल भएको हो। प्रहरीले उनको बयान जारी नै रहेको कारण आक्रमण के बाट भएको थियो भन्नेबारेमा अहिले नै एक्किन बताउँन नसक्ने जवाफ दिएको छ।

ढल्कुमा एक युवती माथि भएको आक्रमणको भिडियो सार्वजनिक भएको छ । प्रहरीले आक्रमणमा संलग्न सन्तोष कार्कीलाई पक्राउ गरेसँगै घटनाको सीसीटीभी फुटेज पनि सार्वजनिक भएको हो । जेठ ३२ गते राति करिव १० बजेतिर कुकुर लिएर सडकमा निस्किएकी युवती माथि आक्रमण भएको भिडियोमा देख्न सकिन्छ । मोटरसाइकलमा आएका व्यक्तिले युवती माथि आक्रामण गरेर भागेको भिडियोमा प्रष्ट देख्न सकिन्छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv