भारतीय दबाबसामु झुक्यो सरकार: आफ्नै निर्णय फिर्ता लियो

काठमाडौं,असार २१ । भारतबाट भित्रने विषादीयुक्त तरकारीको चेकजाँच थालेकामा सबैतिरबाट प्रशंसा भइहरेका बेला सरकार उक्त निर्णयबाट पनि पछि हटेको छ । यस अघि सरकार आइफा अवार्ड आयोजना गर्ने निर्णयवाट पनि पछि हटेको थियो ।

भारतीय दबाबमा सरकारले तरकारी तथा फलफूलमा रहेको विषादी जाँचमा खुकुलो गर्ने भएको हो । प्रधानमन्त्री केपी ओलीले बिहीबारको मन्त्रिपरिषद बैठकमा सो सम्बन्धी ठाडो प्रस्ताव लगेका थिए । नेपालस्थित भारतीय दूतावासले बुधबार पत्राचारमार्फत सरकारलाई नाकामा तरकारी तथा फलफूलमा चेकिङ नगर्न दबाब दिएको थियो । स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले विषादी चेकजाँच नगर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको निर्णयसँग भारतीय तरकारीतथा फलफूलको विषादी चेक नगर्न भन्सार विभागले पत्राचार गरिसकेको छ । गत १० को। मन्त्रिपरिषद् बैठकले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा २ असारदेखि भारतीय तरकारीमा जेकजाँच थालिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv