आकस्मिक मन्त्रीपरिषद बैठक छोडेर यसकारण हिंडे मन्त्री यादव

काठमाडौं, असार २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलवार) केही विशेष निर्णय गर्ने अनुमान गरिएको छ । प्रधानमन्त्री ओली मंगलवार विहान ७ वजे नै मन्त्रीपरिषदको आकस्मिक बैठक बोलाएका थिए । हिँजो सोमवार पनि मन्त्रीपरिषद बैठक बसेको थियो । त्यहाँवाट सिधै राष्ट्रपति निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पुगेका प्रधानमन्त्री ओलीले त्यहाँवाट फर्केपछि आकस्मिक बैठक बोलाएका हुन् । मंगलवार विहान देखि मन्त्रीपरिषद बैठक बसिरहेको छ । तर उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव मन्त्रिपरिषद बैठक बीचैमा छाडेर हिंडेका छन् ।

सिंहदरबारमा बसेको बैठक चलिरहेका बेला यादव बाहिरिएका हुन् । यादवले मंगलबार मात्र पत्रकार सम्मेलन गरी भारतीय तरकारी र फलफूलको विषादी परीक्षण प्रकरणमा सरकारलाई सचिवहरुले फसाएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री केपी ओली पनि मन्त्री यादवसँग सुरुदेखि नै रुष्ट छन् ।

यादवका स्वकीय सचिव सन्तोष विष्टले संसदमा जवाफ दिनुपर्ने र त्यसको तयारी गर्नुपर्ने भएकाले चाँडै बैठबकाट बाहिरिएको बताए । ‘उहाँले संसदमा जवाफ दिनुपर्ने भएकाले तयारीका लागि बाहिरिनुभएको हो’, विष्टले भने ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv