यती एयरलाइन्सको विमान दुर्घटना हुनवाट जोगियो

काठमाडौं २७ असार। यती एयरलाइन्सको विमान अवतरणका क्रममा शुक्रवार विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ । नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए । विमानमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

चिप्लिएको विमानबाट सबै यात्रुलाई भने कर्मचारीले सकुशल बाहिर निकालेका छन्।’ धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमान उडान अवरुद्ध बनेको छ । वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।

सोही विमानमा आएका यात्रुले ट्वीट गरेर सो कुरा सार्वजनिक गरेका छन् । ट्वीटरमा एक जना यात्रुले लेखेका छन् यति एयरलाइन्स को एटिआर जहाज भर्खरै केही समय अगाडी त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलको रनवे बाट बाहिर चिप्लेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv