मन्त्री गोकुल बाँसकोटाको ब्यवसायीहरु प्रति आक्रोश : ‘विप्लवलाई बन्दुक किन्न पैसा दिने, अनि सरकारसँग सुरक्षा माग्ने ?
धुलिखेल, साउन ५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले ब्यवसायीहरु प्रति आक्रोश ब्यक्त गरेका छन् । उनले ब्यवसायीहरुलाई सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव लाई सहयोग गरेको आरोप लगाएका छन् । मन्त्री बाँस्कोटाले प्रतिबन्धित विप्लव समूहलाई चन्दा नदिन उद्योगी व्यवसायीलाई चेतावनी दिएका छन् ।
काभ्रे उद्योग वाणिज्य संघको ४० औं वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै मन्त्री बाँसकोटाले विप्लवलाई एक रुपैयाँ पनि चन्दा नदिन भनेका हुन् । उनले विप्लवको प्रतिकार गर्नसमेत व्यवसायीलाई आग्रह गरेका छन् । सरकार मात्रैले विप्लवको प्रतिकार गर्न नसक्ने भन्दै त्यसका लागि ब्यवसायीको साथको आवश्यकता भएको बताएका छन् ।
विप्लवलाई बन्दुक किन्न व्यवसायीले पैसा दिने र सोही पैसाबाट किनिएको बन्दुकले धम्की दिने गरेको भन्दै बाँस्कोटाले त्यस्ता व्यवसायीको सुरक्षा सरकारले गर्न नसक्ने उल्लेख गरे । विप्लव समूहलाई एक रुपैयाँ नदिनू’, उनले भने, सरकारले मात्र सुरक्षा दिनुपर्ने ? बन्दुक किन्ने पैसा तपाईं आफै दिने अनि धम्की नआए के आउँछ ?’ बाँस्कोटाले सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्न तयार रहेकाले आन्दोलन घोषणा नगर्न व्यवसायीलाई सुझाव दिए ।