यी हुन् नेकपाका ७७ जिल्ला र ६ महानगरको इञ्चार्ज–सहइञ्चार्ज (सूचीसहित)

काठमाण्डौं,साउन ५ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ९ नेकपाले ७७ भूगोलसहित ८३ जिल्ला कमिटीका इन्चार्ज र सह-इन्चार्जको टुङ्गो लगाएको छ । महानगरपालिकालाई समेत नेकपाले जिल्ला कमिटी सरहको मान्यता दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालयको बैठकले ७७ वटा जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता प्राप्त छ महानगरपालिकाका इन्चार्ज र सह-इन्चार्ज टुङ्गो लगाएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आज साङ्गठनिक एकीकरणका बाँकी कामलाई पूर्णता दिने विषयमा भएको छलफलमा ७७ जिल्ला भूगोल र जिल्ला कमिटी कै मान्यता प्राप्त छ महानगरपालिकाको इन्चार्ज र सह-इन्चार्ज टुङ्गो लागेको जानकारी दिनुभयो । उहाँले आउँदो मङ्गलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बस्ने सचिवालयको बैठकले बाँकी विभाग, आयोग, अन्य केन्द्रीय निकाय र प्रवास सङ्गठनको एकीकरणको टुङ्गो लगाइने जानकारी दिनुभयो ।

सङ्गठन विभागको विषयमा पत्रकारले सोधेको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यसअघि कुनै विभाग टुङ्याएको भन्ने कुरा अपूर्ण हो, गृहकार्य चाहिँ अध्यक्षद्वयले गर्नुभएको हो, गृहकार्य भनेको निर्णय होइन, आज गृहकार्यपश्चात् पहिलो पटक सचिवालयको बैठक बसेको हो, सचिवालयले जे टुङ्गो लगायो त्यही पार्टीको आधिकारिक निर्णय हो ।” उहाँले आज बेलुकासम्ममा पार्टी केन्द्रीय कार्यालयबाट निर्णयको विवरण सार्वजनिक गरिने बताउनुभयो । उक्त विषय स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठकमा समेत प्रस्तुत गरिने जानकारी दिनुभयो ।

उहाँले दुई साबिक पार्टीको इन्चार्जहरुकै आधारमा इन्चार्ज र सह-इन्चार्जको टुङ्गो लगाइएको उल्लेख गर्नुभयो । राजनीतिक प्रतिवेदन भने प्रकाशनका लागि प्रेसमा गइसकेको प्रवक्ता श्रेष्ठको भनाइ छ । छलफलपछि पत्रकारसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै सचिवालय सदस्य बामदेव गौतमले कतिपय जिल्लामा इन्चार्ज र सहइन्चार्ज, कतिपय जिल्लामा इन्चार्ज मात्रै र कतिपय जिल्लामा १० जनासम्म इन्चार्ज र सह-इन्चार्ज तोकिएको जानकारी दिनुभयो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv