बहु चर्चित लोक गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाज रहेको गीत लालुमै ५ महिनाको अवधिमा २ करोड भ्यूज

काठमाडौं,साउन ६ । लोकगीतको बाढीहरुमा कुनै कुनै गीत यति चल्छन् की गायक गायीका र गीत सर्जकले पनि त्यसको अनुमान लगाएका हुँदैनन् । सामान्य रुपमा रचना गरिएका गीतले दर्शक श्रोताको मनमा डेरा जमाउन सफल हुन्छन् । सालको पात, गलबन्दी लगायतका गीत अहिले निकै चर्चित भए । त्यस्तै गीतहरुको बाढीमा पछिल्लो समय निकै रुचाइएको गीतको लालुमै ।

यसले पनि चमत्कारीक रुपमा दर्शक श्रोताको मन जितेको छ । लालुमैले ५ महिनाको अवधिमा २ करोड भ्यूज पाएको छ । बहु चर्चित लोक गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाज रहेको गीत लालुमै करिव ५ महिना अगाडी सार्वजनिक भएको थियो ।

गीतकार शिब हमालको शब्द संगीत रहेको गीतमा सन्दिप र मोडल श्रृष्टी खड्काले जिवन्त अभिनय गरेका छन् । नेपालको लोक संगीतमा आधुनिक बाजाहरू भित्रिएका छन् भने लोकगीतको स्तर ह्वात्तै बढेको लोक कलाकारहरु बताउछन् ।

माया, प्रेममा आधारित रहेर निर्माण गरिएको गीतका गायक न्यौपाने लालुमैले २ करोड दर्शकको मन जित्दा हर्षित तुल्याएकमो बताए । युट्यूवमा गीतमा ७ हजार ७ सय १० प्रतिकृया आएका छन् । गीतलाई १लाख १० हजारले मन पराएको र ११ हजारलाई भने मन पराएनन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv