नेकपाका संस्थापक नेता कमरेड नरबहादुर कर्माचार्यको छैटौं स्‍मृति श्रद्धान्जली समारोह मनाइयो

काठ्माण्डौं, साउन ९ । नेकपाका संस्थापक नेता कमरेड नरबहादुर कर्माचार्यको छैटौं स्‍मृति श्रद्धान्जली समारोह मनाइएको छ । बिहीवार काठमाण्डौंको केन्द्रिय पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपाका अध्यक्ष क. प्रचन्डको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रमुख अतिथी क प्रचन्ड, बरिष्ठ नेता माधव नेपाल, नेता नारायणकाजी श्रेष्ठले क कर्माचार्यको तस्बिरमा पुष्प गुच्छा अर्पण गर्नु भएको थियो । नेता तथा कार्यकर्ताले पनि कर्माचार्यको तस्बिरमा पुष्प गुच्छा अर्पण गरी श्रद्धान्जली प्रकट गरेका थिए ।
नेकपाका नेता नारायण काजी श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व प्रधानमन्त्री तथा नेकपाका बरीष्ठ नेता क माधव नेपालले नेता कर्माचार्यको योगदानको स्मरण गर्नुभएको थियो ।

बहालवाल मन्त्रीहरु, पार्टीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv