चलचित्र ‘हजार जुनीसम्म’को ट्रेलर सार्वजनिक

काठमाण्डौं,साउन १० । चलचित्र ‘हजार जुनीसम्म’ ट्रेलर सार्वजनिक गरिएको छ । निर्देशक विकासराज आचार्य निर्देशित चलचित्र ‘हजार जुनीसम्म’को शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

साउन ३० गतेबाट देशभरका सिनेमाघरमा आउन लागेको यो चलचित्रको ट्रेलरमा आर्यान सिग्देलको प्रेम जीवनमा आएको उताब चढाबलाई देखाइएको छ । चलचित्रमा आर्यनसँगै स्वस्तिमा खड्का, सञ्चिता लुइँटेल, अखिलेष प्रधान, शिवहरी पौडेल, दीपाश्री निरौला, प्रियंका कार्की, सलोन बस्नेत, उत्तम के सी नेपाल, सुरवीर पंडित, रामचन्द्र अधिकारी, अनुभव रेग्मीलगायत कलाकारको अभिनय रहेको छ । यो चलचित्रबाट अखिलेष प्रधान डेब्यु गर्दैछन् ।


पुरुषोत्तम प्रधानले खिचेको यो चलचित्रमा मा उदयराज सोताङ, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको सङ्गीत, अर्जुन जिसीको सम्पादन छ । कविता रेग्मी चलचित्रकी कार्यकारी निर्माता हुन् ।

‘हजार जुनीसम्म’ को कथा विशाल चामलिङको हो । निर्देशक आचार्य र सामिप्यराज तिमिल्सेनाले मिलेर पटकथा तथा संवाद तयार पारेका हुन् ।

चलचित्रमा श्याम वरालको श्रृंगार, मुख्यसाहायक निर्देशक सुदीप कुवंर तथा प्रोडक्सन व्यवस्थापक अरुण रेग्मी रहेका छन् । पोखरा, मुग्लिन, हेटौंडा, दमक र सिक्किमलगायतका ठाउँमा चलचित्र छायाँकन गरिएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv