डिठ्ठा साबले जेष्ठ २५ मा ‘चङ्गा’ ल्याउदै
काठमाडौं ,१ जेष्ठ । किशोर भण्डारी (डिठ्ठा साब) द्वारा निर्देशित चलचित्र ‘चङ्गा’ को ट्रेलर सार्वजनिक गरिएको छ ।
जेष्ठ २५ गते देखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘चङ्गा’ को निर्मात्री भने रेश्मा तिमील्सिना हुन ।
सत्य घटनामा आधारीत उक्त चलचित्रमा मनोरन्जनात्मक द्रिश्य पनि देख्न पाईनेछ । टेलिभिजनको पर्दामा दर्शकको मन जितिसकेका डिठ्ठासाब ले चलचित्र ‘चङ्गा’ बाट निर्देशनमा डेब्यु गरेका हुन ।
चलचित्रमा बुद्दी तामाङ ,अंकित खड्का ,कमल मणी नेपाल ,लछ्मी बर्देवा ,रेश्मा तिमील्सिना ,प्रेम बर्षा खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।