कक्षा १२ को नतिजा सार्वजनिक
काठमाण्डौं,साउन १३ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार ३ हजार ६७ विद्यार्थीले उच्च तह ३.६१ देखि ४.०० जीपीए ल्याएका छन् । नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् ।
यस्तै, १६ हजार २ सय ४ जनाले ३.२१ देखि ३.६० जीपीए ल्याएका छन् । ३१ हजार विद्यार्थीले २.८१ देखि ३२० जीपीए, ५६ हजार ५ सय ३ जनाले २.४१ देखि २.८०, ८६ हजार २ सय २७ जनाले २.०१ देखि २.४० जीपीए, ६२ हजार ६ सय १९ जनाले १.६१ देखि २.०० जीपीए, १९ हजार जनाले १.२१ देखि १.१६० जीपीए, ३ हजार ५ सय २४ जनाले ०.८१ देखि १.२० जीपीए र १३ हजार ३ सय ६२ जनाले ०.० देखि ०.८० ल्याएका छन् ।
परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका बोर्डले जनाएको छ ।
५७ हजार १ सय ७० परीक्षार्थीले आशिंकतर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । गएको वर्षदेखि बोर्डले कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार सार्वजनिक गर्न थालेको हो । धानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि आउँदो साउन १८ गते सिंगापुर जाने भएका छन् । पार्टी सचिवालयको बैठकमा प्रधानमन्त्री ओलीको सिंगापुर र अर्का अध्यक्ष पुष्पकमल दाहालको मंगलबार दुबइ जाने कार्यतालिका सुनाइएको थियो ।