बिप्लबले गरे आज नेपाल बन्द

काठमाण्डौं,साउन १५ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो पार्टीका केन्द्रिय सदस्य तथा उपत्यका व्यूरो इन्चार्ज माइला लामा पक्राउको विरोधमा संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लव नेतृत्वको नेकपाले शनिबार विज्ञप्ति जारी गर्दै लामाको गिरफ्तारीको भत्सर्ना गर्दै उनको रिहाईको माग गरेको छ।

साथै विज्ञप्ती मार्फत विभिन्न संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ।सघर्षका कार्यक्रम अन्तर्गत साउन ११ गते प्रचार–प्रसार, साउन १२ गते कोणसभा, साउन १३ गते जनप्रतिरोध र जनकारवाही, साउन १४ गते मसाल जुलुस र साउन १५ गते बागमती, नारायणी र जनकपुर (रामेछाप र दोलखा) बन्द लगायतका कार्यक्रम रहेका छन्।

बन्दको पुर्व सन्ध्यामा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी नेतृ धिरेन्द्रा उपाध्यायलाई पक्राउ गरेको छ । उपाध्यक्ष नेकपा सम्वद्ध महिला संगठनकी केन्द्रीय महासचिव तथा पूर्वसभासद् हुन् । उनलाई काठमाण्डौंको बूढानीलकण्ठ क्षेत्रबाट मंगलबार पक्राउ गरिएको हो । प्रहरी उच्च स्रोतका अनुसार नेपाल बन्द सफल पार्न सक्रिय रहेका बेला उनलाई पक्राउ गरिएको हो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv