अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट

काठमाडौं,साउन १७ । अज्ञात समूहले एक दर्जन बढी जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट गराएको छ । नेपाल टेलिकमका टावर पनि आगजनी गर्न छोडेका छैनन् । टावरमा आगजनी गरेका कारण कतिपय जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ । प्रहरीका अनुसार झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, पूर्वी नवलपरासी, पर्वत, बाग्लुङ, म्याग्दी, कपिलवस्तु, डडेलधुरा, कैलाली, रुपन्देही जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट भएको छ । त्यस्तै, मोरङको उर्लाबारीमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ ।

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं। २ सानो धुपईस्थित टावरमा गएराति १२ बजेतिर आगजनी गरिएको थियो । यद्यपि आगजनीबाट सञ्चार सम्पर्क भने विच्छेद भएको छैन । आगजनीबाट टावरमा राखिएका केबल तारको बाहिर बेरिएको प्लास्टिक जलेको तर सञ्चार सेवा बिच्छेद हुने गरी क्षति नभएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले जानकारी दिए । आ*गजनी भएको खबर पाएलगत्तै लुम्बिनी र सूर्यपुराबाट प्रहरी टोली घटनास्थल पुगेकाले ठूलो क्षति हुन नपाएको उल्लेख गर्दै कार्कीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

यसैगरी अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वडा नम्बर ५ मैदानको अमजामा रहेको नेपाल टेलिकमको टावरमा पनि आगजनी भएको छ । गएराति करिब ८ बजे आगजनी भएको र सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ । आफ्ना कार्यकर्तालाई पक्राउ गरेको विरोधमा नेत्र विक्रम चन्द विप्लव समुहले हिजो नेपाल बन्द आह्वान गरेको थियो । बन्दको काठमाडौंमा प्रभाव नपरेको भएपनि अन्य जिल्लामा विस्फोट र आगजनीका घटना भएका थिए । टावरमा गराइएको विस्फोट र आगजनीको जिम्मा अहिले सम्म कसैले लिएको छैन । तर प्रहरीले भने विप्लव समुहले नै आगजनी र वि*स्फोट गराएको अनुमान गरेको छ ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv