एनआरएनए जापानको पहलमा दिईने छात्रवृत्ती प्राप्त गर्ने १०० जना विद्यार्थीहरुको नाम सार्वजनिक

टोकियो,साउन २५ । गैरआवासीय नेपाली संघ जापान र IHNO को सहकार्यमा १ सय जना नेपाली विद्यार्थीहरुलाई दिईने छात्रवृत्ती प्राप्त गर्ने १०० जना विद्यार्थीहरुको नाम सार्वजानिक गरिएको छ ।

५ तारिख सोमबार सार्वजनिक भएको नतिजामा पर्न सफल विद्यार्थीहरुलाई अगस्ट २७ तारिख एक विशेष समारोहका विच,प्रसंसा पत्र प्रदान गरिने छ । छात्रवृत्ती,प्रति बिधार्थी प्रति महिना ३०,००० जापानी येन २ बर्ष सम्मको लागि हुने छ।

एनआरएनए जापानद्वारा जारी विज्ञप्तिका अनुसार,छात्रवृत्ती पाउन सफल १ सय जना विद्यार्थीहरुको नाम निम्न अनुसार रहेको छ ।

एनआरएनए जापानले, जापानमा अध्ययनका लागि आउने नेपाली विद्यार्थीको बढ्दो संख्यासंगै देखिएका विविध समस्या तथा चुनौतीहरु न्यूनिकरणमा अग्रसरता देखाउँदै छात्रावृत्ती कार्यक्रम संचालन गर्दैआएको छ । यस अघि पनि यस्तै प्रकृया बाट ३० जना बिधार्थीले छात्रबृत्ती सेवा पाईसकेका छन्।

एनआरएनए जापानका महासचिव बुद्धीराज घिमिरेका अनुसार,गत जुलाई १ तारिक सम्म आवेदन दिई प्रकृया पुरा भएका बिधार्थीहरुको नामावली छात्रवृत्तीको लागि सार्वजनिक गरिएको हो । छात्रवृत्ती प्राप्त गर्न सफल सम्पुर्ण विद्यार्थीहरुलाई बधाई दिँदै, एक बिशेस अन्तरकृया कार्यक्रम सहित सोहि कार्यक्रममा छात्रवृत्तीको लागि छनौट बिँधार्थीलाई प्रसंसा पत्र दिईने अध्यक्ष टासि वाङदी लामाले जानकारी दिनु भयो। महामहिम राजदुत प्रमुख आतिथ्यता रहने “बिधार्थी जीवन बिषयक अन्तरकृया तथा छात्रवृत्ती प्रसंसा पत्र हस्तान्तरण कार्यक्रम” अगस्ट २७ तारिक मंगलवार दिवा १३:००बजे, आसागया स्थित साङ्ग्यो स्योको खाईखान(सुगुनामी कु आसागया मिनामी ३-२-१९) हलमा आयोजना हुने छ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv