भारतलाई चेतावनी दिदै चीनले भन्यो : ‘ कश्मीर स्वतन्त्रका लागि हतियार उठाउछौं’

भारत,साउन २५ । भारत कश्मीर विवादका बारेमा चीनले पनि मुख खोलेको छ । चीनले भारतको विपक्षमा आफ्नो प्रतिकृया दिएको मात्र छैन कश्मीर स्वतन्त्रका लागि हतियार समेत उठाउने चेतावनी दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले चीन कश्मीरका पक्षमा रहेको प्रतिकृया दिएका हुन् ।चीन भ्रमणमा रहेका पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरेसीसँगको भेटपछि वानले कश्मिरको विषयमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको प्रस्ताव तथा भारत र पाकिस्तानबीच भएको सम्झौताका पक्षमा आफुहरु रहेको बताएका हुन् ।

भारतले कश्मीरलाई विशेषाधिकार दिने संविधानको धारा ३७० को हटाएर केन्द्र शासित बनाएपछि चीन रिसाएको छ । कश्मिरका विषयमा भारत र पाकिस्तानबीच तनाव बढेको छ । चीनले भारत र पाकिस्तानबीच भएको सिमला सम्झौता सम्झन भारतलाई भनेको छ । सन् १९७२ मा कश्मीर विवादको समाधान द्वीपक्षीय वार्ताको माध्यमबाट गर्ने गरी सिमला सम्झौता भएको थियो । भारत सिमला सम्झौता विपरित गएर काश्मिीरी जनताको अधिकार खोसेको भन्दै विपक्षमा उभिएको हो ।

कश्मीरका विषयमा भारतसँग तनाव बढेसँगै पाकिस्तानी विदेशमन्त्री चीनको भ्रमणमा गएका थिए । चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि ट्विट गर्दै पाकिस्तानी विदेशमन्त्री कुरेसीले कश्मिरको मुद्दामा बेइजिङको साथ पाकिस्तानले पाएको सार्वजनिक गरेका छन् ।यसैबीच केही जिहादी समूहले भारत प्रशासित काश्मिरको स्वायत्तता अन्त्य गर्ने भारतको निर्णयको जवाफमा क्रान्तिका लागि तयार रहन आह्वान समेत गरेका छन् । पाकिस्तानमा संरक्षित रहेका सो समुहले गरेका त्यस्ता निर्णयका बारेमा अहिले सम्म सार्वजनिक रुपमा समाचार भने बाहिरिएका छैनन् । भारतले काश्मीरमा सबै इन्टरनेट सेवा बन्द गरेका कारण त्यस्ता समाचार बाहिरिन नसकेको बीबीसी हिन्दीले लेखेको छ ।

इस्लामिक स्टेट ग्रुप (आईएस) र अल कायदालाई समर्थन गर्ने धेरै प्रो जिहादी खाताहरूले मेसेजिंग एप टेलिग्राम मार्फत आफ्ना कुरा राखेका छन् । उनीहरुले भारत र पाकिस्तान दुवै देशले काश्मीरलाई धोका दिएको बताएका छन् । त्यसको बदलामा भित्रभित्रै जनतामा आक्रोश र असन्तुष्टिको ज्वाला दन्किरहेको हुन सक्ने उनीहरुको भनाई छ । त्यसैलेक्रान्तिले मात्रै कश्मीर विवाद समाधान गर्न सक्छ भन्ने निष्कर्षमा पुगेका हुन सक्छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv