मेलौलीमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

बैतडी,साउन २६ । बैतडीको तल्लोस्वराडमा जिल्ला प्रहरी कार्यालय बैतडीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम गरेको छ । तल्लोस्वराडको मेलौली नगरपालिकामा उक्त कार्यक्रम सम्पन्न भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट रहनुभएको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगी,बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक डिल्लीनारायण पाण्डेय,सशस्त्र प्रहरी नायव उपरिक्षक अमित सिंह, जिल्ला सह न्यायअभिवक्ता भानदेव जोशी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बैतडीका प्रहरी प्रमुख डिल्ली नारायण पाण्डेयलेसमुदाय–प्रहरी साझेदारी कार्यक्रमको अवधारणा , लागु औषध दुव्र्यसनी, लैंगिक हिंसा, महिला हिंसा ,साइबरक्राइम,वालबिवाह,बहुविवाह लगायतका विषयमा अनुशिक्षण दिनुएको छ । यसका साथै सशस्त्र प्रहरी नाउव उपरिक्षक अमित सिंहले दैविक प्रकोपसम्वन्धी सचेतनामूलक अनुशिक्षण दिनुभएको थियो । उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि शिक्षक, बुद्धिजिवी, महिला लगायतका स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।



Basundhara -3 Kathmandu Nepal

Information Department Registration No - 1166 /075/076
President – Ratan Bahadur Chand
Contact- ००977-9818610415/9860975774
Mail - [email protected]
Manager - Gyanendra Prasad Bhatt

About Us

Niatra Multi Media Pvt. Ltd.
Editor - Bibek Bikram Malla
Correspondent - Nabin Timilsina
Photo journalist - Ratan Bahadur Chand
Ashish Neupane

Mail - [email protected]

Us on social media

© 2017 Niatratv