पुडासैनीको अन्तिम भिडियो सार्वजनिक भएपछि रवि लामिछाने भने ‘आरोप लगाउने म’रेर गएपनि आरोप खेप्ने म जिउदै छु’

काठमाण्डौं,साउन २९ । पत्रकार शालिकराम पुडाशैनीले आ८त्मह८त्या गर्नुअघि रेकर्ड गरेमो भिडियो सामग्री अहिले सार्वजनिक भएको छ । भिडियोमा आफुलाई पत्रकार रवि लामिछानले आ८त्म्ह८त्या गर्न वाध्य पारेको बताएका छन् । यस्तो भिडियो सार्वजनिक भएपछि पत्रकार लामिछानेले सामाजिक सञ्जालमा स्पष्टिकरण दिएका छन् । उनले स्टाटस लेख्दै शालिकराम पुडासैनीलाई ठूलो भ्रम परेको बताएका छन् ।

बुधबार विभिन्न संचारमाध्यममा पत्रकार पुडासैनीले आ८त्मह८त्यापूर्व रेकर्ड गराएको भिडियो सार्वजनिक भएको छ । सो भिडियोमा पुडाशैनीले रवि लगायत तीन जनाले आफूलाई मर्न८ बाध्य बनाइएको भन्दै श्रीमती सम्झनालाई सम्बोधन गर्दै मार्मिक भिडियो रेकर्ड गरेका छन् । त्यसमा रवि लामिछाने लगायत तीन जनाको नाम समेत लिएका छन् । भिडियो सार्वजनिक भएको समाचार आएपछि लामिछानेले सामाजिक संजाल फेसबुक मार्फत् स्पष्टोक्ति दिएका हुन् ।

लामिछानेले म८र्नेले लगाएको आरोप प्रमाणित भएमा आफू हदैसम्मको सजाय भोग्न तयार रहेको बताउँदै केही समयमा थप जानकारी समेत गराउने बताएका छन् । ‘आरोप लगाउने म८रेर गएपनि आरोप खेप्ने म जिउदै छु । म८र्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदै सम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकराम लाई ठुलो भ्रम परेछ ।’ लामिछानेले लेखेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv