ईश्वर पोखरेल नेकपाको स्कुल विभाग प्रमुख

काठमाण्डौं,साउन ३२ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले लामो रस्काकस्सीपछि विभागहरुको टुंगो लगाएको छ । बहुप्रतिक्षित स्कुल विभाग प्रमुखको जिम्मेवारी सचिवालय सदस्य ईश्वर पोखरेलले पाएका छन् ।

शुक्रबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ३३ वटै विभाग टुंगो लगाएको हो । यसअघि स्कुल विभागमा अर्का सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्यहरु वेदुराम भुसाल, घनश्याम भुसाल लगायतले दाबी गरेका थिए ।

आजको सचिवालय बैठकले प्रचार विभाग प्रमुखमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतमलाई जिम्मेवारी दिएको हो ।

यस्तै, अर्थ तथा योजना विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन् ।

१४ महिनाअघि तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपामा विभागहरूको नेतृत्व टुंगो नलाग्दा एकता प्रक्रिया अल्झिएको थियो ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - newsnia[email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv