हि रासतवाट पठाए रविले सन्देश: आन्दोलनमा एक जना घा इते भए भने हि रासतमा बसेको भन्दा पी डा हुन्छ, जनताको आशा ‘सिधाकुरा’ जे ल परेको छ त्यसले पी डा दिएको छ
काठमाण्डौं,साउन ३२ । प्रहरी हि रासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले आफ्नो समर्थकलाई संयमता अपनाउन आग्रह गरेका छन् । उनले आफ्नो लागि भएको आ न्दोलनमा कुनै पनि अ राजक स्थिति उत्पन्न हुन नदिन समर्थकलाई सचेत गराएका छन् । आ न्दोलनमा घु सपैठ हुन सक्ने भन्दै सचत रहन पनि समर्थकलाई भनेका छन् ।

केही अ राजक तत्व भीडमा मिसिएर प्रहरीमाथि ढुं गा प्र हार गरेर आ न्दोलनलाई बदनाम गराउने र अन्यत्रै मोड्न सक्ने भएकाले सचेत रहन अनुरोध गरेका छन् । उनले आ न्दोलनमा आफ्ना समर्थक मध्ये एक जनालाई पनि चो ट लागे आफुलाई हि रासतमा बसेभन्दा बढी पीडा हुने अभिब्यक्ति दिएका छन् । प्रहरी हि रासतमा भेट्न पुगेका सामाजिक सञ्जाल प्रयोगकर्ता तथा रविका समर्थक रमेश प्रसाई मार्फत उनले यस्तो सन्देश पठाएका हुन् ।
लामिछानेले आफ्नो र न्यायको पक्षमा भइरहेको आ न्दोलनमा सहभागी कसैलाई पनि घा उ चो ट लाग्ने अवस्था बन्न नहुने बताए । लामिछानेलाई उदृत गर्दै प्रसाइले भने,‘रवि दाइले भन्नु भयो मेरो पक्षमा न्यायको पक्षमा भइरहेको यो आ न्दोलनमा एक जनालाई पनि घा उ चो ट नलागोस् । यदी एक जनापनि घा उ चो ट लागेर घा इते भएछन् भने, एक जनाको पनि अमूल्य जीवन गएछ भने हि रासतमा बसेको भन्दा बढी पी डा हुन्छ ।’
उनले आफुलाई प्रहरी हि रासतमा बसेर भएको पी डा भन्दा कार्यक्रम मार्फत पी डितको आवाज बोल्न नपाएकोमा बढी पी डा भएको सुनाएका छन् । आफु हि रासतमा बस्दा बाहिर थुप्रै पी डितहरुको आवाज गुम्सिएको भन्दै चिन्ता ब्यक्त गरेको प्रसाईले लामिछोनको सन्देश सुनाएका छन् । लामिछानेलाई भित्र भेटेर निस्केपछि रविका समर्थकलाई सम्बोधन गर्दै प्रसाईले उनको सन्देश सुनाएका हुन् ।
रविले प्रसाईसँग भने,‘मलाई जे लमा राखिरहँदा कतिले कतिलाई ठ गिसके कतिले कतिको पैसा खाइसके । म एक मात्र जे लमा परेको छैन जनताको आशा ुसिधा कुरा ुपनि जे ल परेको छ ।’ लामिछानेले आ न्दोलनलाई कसैले पनि आफ्नो फाइदामा प्रयोग नगरोस् भनेर सचेत रहन समर्थकलाई आग्रह गरेका छन् ।