भरतपुरको चौबीसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कमा आगलागी

काठमाण्डौं,भाद्र २ । भरतपुरको चौबीसकोठीमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कमा आगलागी भएको छ । बैङ्कमा जडान गरिएको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।

बिहान ७ः३० बजे लागेको आगो भरतपुर महानगरपालिकाको दुई वटा वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले एक घण्टा लगाएर नियन्त्रणमा लिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनकाअनुसार आगलागीबाट दुई वटा कोठा जलेका छन् । आगलागीबाट सीसी क्यामेरा, फर्निचर, कागजात जलेका छन् । पैसा राख्ने सेफ भने सुरक्षित रहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv