एयरपोर्टमा भएको घटना प्रति पुर्व युवराज पारस शाहले भावुक स्ट्याटस लेख्दै मागे क्षमायाचना

काठमाण्डौं, भाद्र २ । एयरपोर्टमा भएको घटना प्रति पुर्व युवराज पारस शाहले छमायाचना मागेका छन । सोमबार साँझ आफ्नो फेसबुक मार्फत सो कुरा ब्यक्त गरेका हुन ।

फेसबुकमा भावुक स्ट्याटस लेख्दै उनले भने “हिजो विमानस्थलमा जे भयो, मैले जे गरें त्यसको बारेमा मैले आफ्ना जनतालाई बताउनै पर्छ ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरालाई डण्डा ताकेपछि एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जा इलागेँ ।’ बाँकी कुराको फैसलाको जिम्मा म नेपाली जनतालाई दिन्छु ।

आमा कोमल शाहलाई बैंककका लागि विदाइ गर्न पारस आइतबार स–परिवार विमानस्थल पुगेका थिए । उनीसँगै छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भान्जा पार्थक सिंह पनि विमानस्थलमा पुगेका थिए ।

पासरले थाइल्याण्डमा रहेका बाबु ज्ञानेन्द्र भेट्न जान लागेकी आमा कोमल र छोराछोरीलाई विमानस्थलमा बिदाइका लागि गएका बेला प्रहरीका नायब निरीक्षक (सई) माथि हात उठाएको घटना बाहिर आएपछि त्यसको सामाजिक सञ्जालमा विरोध भइरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv