रविको समर्थनमा रायमाझीले ल्याए ‘रविलाई जेलमा नहाल’

काठमाडौं । गत साउन २० गते चितवनको कंगारु होटेलमा झुन्डिएर मृत अवस्थामा फेला परेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा यतिबेला देशैभर चर्चा चलेको छ । पुडासैनीको मृत्यु हुनुभन्दा अगाडी एउटा भिडियो रेकर्डमार्फत न्युज २४ टेलिभिजन सिधा कुरा जनतासँगका कार्यक्रम संचालक एवं चर्चित पत्रकार रबी लामिछानेलगायत सोही कार्यक्रममा कार्यरत युवराज कंडेल र नर्स रुकु अर्थात अस्मिता कार्कीको नाम लिएपछि उनीहरुलाई बिहिबार चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी प्रमुख दानबहादुर मल्लको टोलीले सिधा कुरा जनतासँग कार्यक्रम संचालन गर्ने तयारी गरिरहेका बेला कार्यकक्षबाटै पक्राउ गरेर अनुसन्धानका लागि चितवन लगिएको छ ।

सोही बिषयलाई लिएर पत्रकार रबि लामिछानेका समर्थकहरुले उनको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसैबीच कतिपय कलाकारहरुले पनि रबिकै पक्षमा उनलाई फ़साइयो भन्दै गीतसमेत निकालेर रविको समर्थन गरेका छन् । यसै क्रममा गायक एवं सञ्चारकर्मी राजकुमार रायमाझीले पनि रविको समर्थनमा ‘रविलाई जेलमा नहाल’ बोलको गीत सार्वजनिक गरेका छन् ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv