वरिष्ठ चलचित्र निर्देशक किशोर राना मगर रहेनन्

काठमाण्डौं,भाद्र ४ । वरिष्ठ चलचित्र निर्देशक किशोर राना मगरको निधन भएको छ। रानाको ६४ वर्षको उमेरमा बुधवार दिउँसो निदान अस्पताल पुल्चोकमा निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिए। दुबै मृगौलामा खरावी देखिएपछि रानाको केही महिनाअघि मृगौला प्रत्यारोपण गरिएको थियो। केही दिनअघि पुनः समस्या देखिएपछि उनलाई हस्पिटल भर्ना गरिएको थियो।

रानाका श्रीमती र एक छोरा छन्। बिदेशमा रहेको छोरा आएपछि बिहीबार वा शुक्रबार मात्रै किशोरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ। किशोर नेपाली चलचित्र क्षेत्रमा योगदान दिएका पुराना र अनुभवी निर्देशक हुन्। दार्जिलिङमा जन्मिएका किशोर त्यहाँबाट २० वर्षको उमेरमा भागेर मुम्बई पुगेका थिए।

उनले भारतीय चलचित्र उद्योगमा सहायक निर्देशक समेत गरी २२ वर्ष काम गरेका थिए। बलिउडको अनुभव सहित नेपाली चलचित्र क्षेत्रमा भित्रिएका रानाले एकपछि अर्को सफल चलचित्र दिए। राँकोबाट नेपाली चलचित्र निर्देशनमा डेब्यू गरेका किशोरले सिमारेखा, कर्जा, बन्धकी, करोडपति, मिष्टर मंगले, घामछाँया, सन्तानको माया लगायतका सफल चलचित्र निर्देशन गरेका छन्। किशोरकी श्रीमती संगीता प्रधान गायिका हुन्।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv