रवि लामिछाने पाँच लाख धरौटीमा रिहा ( भिडियो सहित )

चितवन,भाद्र ९ । टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो।

पत्रकार युवराज कँडेल तीन लाख धराैटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आ त्मह त्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो साता मुद्दा दायर गरेको थियो। उनीहरुको रिहा लगत्तै रवि लामिछानेका शुभेच्छुक र आफन्तले खुशीयाली मनाएका छन्।

आज रवि लामिछानेको समर्थनमा सडकमा उत्रिएकाहरुको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार बिहान ६ बजेदेखि नै लागू हुने गरी भरतपुर महानगरपालिकाका विभिन्न स्थानमा प्रदर्शन गर्न निषेध गरेको थियो।स्थानीय प्रशासनले जिल्ला अदालतको करिब पाँच सय मिटरको दुरीभित्र पाँच जनाभन्दा बढीको समूहमा हिँड्न नपाउने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो ।

तर प्रदर्शनकारीले भरतपुरका विभिन्न क्षेत्रमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। रविलाई फसाउन खोजिएको भन्दै उनका समर्थकले दिनहुँजसो प्रदर्शन गरिरहेका थिए।पत्रकार सालिकराम पुडासैनीको आ त्मह त्या प्रकरणमा रवि, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको थियो। आ त्मह त्याअघि रेकर्ड गरिएको भनिएको भिडियोमा पुडासैनीले आफु रवि, युवराज र अस्मिताका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।

Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv