६१ लाख ९० हजार रुपैयाँ को बाइक नाडा शो मा राखे पछी

काठमाण्डौं,भाद्र १२ । भृकुटीमण्डपमा जारी नाडा अटो शो २०१९ मा एमभी अगस्टाको एफ ४ मोडलको बाइकले धेरैको ध्यान तानेको छ । अन्य कुराका अतिरिक्त यसको मूल्यले समेत यसरी सबैको ध्यान खिच्न सफल भएको हो ।एमभी अगस्टा एफ ४ बाइकको मूल्य ६१ लाख ९० हजार रुपैयाँ छ । इटालियन कम्पनी एमभी अगस्टाको यो बाइकमा ९९८ सीसी इन्जिन क्षमता छ ।

सो बाइकको इन्जिनले १९५ एचपी पावर र ११० एनएम टर्क जेनेरेट गर्छ । बाइकको तौल १९१ किलोग्राम छ र इन्धन ट्यांकी १७ लिटरको छ ।यस पटकको अटो शोमा राखिएको यो सबैभन्दा महंगो बाइक हो । नेपालमा भेलोसिटी प्रालिले एमभी अगस्टाका बाइक बिक्री–वितरण गरिरहेको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv