गैर आवासिय नेपाली संघ जापानको अध्यक्षमा देबिलाल भण्डारी निर्वाचित

काठमाण्डौं, भाद्र २३ । गैर आवासिय नेपाली संघ जापानको अध्यक्षमा देबिलाल भण्डारी निर्वाचित हुनु भएको छ । संघको जापानमा जारी नवौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारी बिजयी हुनुभएको हो ।

भण्डारीले निकटम प्रतिद्धन्दी बर्तमान अध्यक्ष टासी लामालाई पाँच सय पचासी मत ल्याउँदै चौंतिस मतको फराकिलो मतले पराजित गर्नु भएको हो ।


यसैगरि बरिष्ठ उपाध्यक्षमा अनिता गुरुङ निर्वाचित हुनु भयो भने । महासचिवमा जनक बिक्रम शाही, सहकोषाध्यक्षमा सचिन श्रेष्ठ,युवा संयोजकमा राम थापा निर्वाचित हुनु भएको छ । कोषाध्यक्षमा भने कालिका थापा निर्विरोध चयन हुनुभएको थियो ।

सदस्यमा राजेश खनाल, सुपेन्द्र घिसिङ,बाबुराम खराल कटुवाल,महेश कुमार, डिला राम गैरे,सीबु थापा र जीवन कुमार गुरुङ निर्वाचित हुनु भएको छ ।



Basundhara -3 Kathmandu Nepal

सुचना बिभाग दर्ता नं - ११६६ /०७५/०७६
अध्यक्ष - रतन बहादुर चन्द
सम्पर्क न - ००977-9818610415
ईमेल - [email protected]
ब्यवस्थापक - ज्ञानेन्द्र प्रसाद भट्ट

हाम्रो बारेमा

Niatra Multi Media Pvt. Ltd.
सम्पादक - बिवेक विक्रम मल्ल
संवाददाता - अन्जनी चन्द
फोटो पत्रकार - आशिष न्यौपाने
इमेल - [email protected]

सामाजिक सञ्जालमा हामी

© 2017 Niatratv